Fast Nepal News

आजको मौसम कस्तो हुनेछ ? हेर्नुस् पूर्वानुमान

banner single news

काठमाडौं, माघ १९- मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।भने, हाल प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आशिंक बदली रहेको छ र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका अन्य बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यता, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.