Fast Nepal News

बदनियतले काटेको चेकले पु-याउला कारागार

banner single news

काठमाडौं – माघ १०

काठमाडौं, आर्थिक कारोबार र लेनदेनको सिलसिलामा साथी–सहयोगी वा आफन्तलाई विश्वास दिलाउन खातामा रकम नभएको ‘चेक’ दिँदै हुनुहुन्छ भने होशियार रहनुहोला । चेक अनादर तथा बैङ्किङ कसुरसम्बन्धी मुद्दामा फस्नुहोला ।

बैङ्क खातामा पर्याप्त रकम नभई आफ्नो खाताको ‘चेक’ काट्ने व्यक्तिलाई चेक अनादर तथा बैङ्किङ कसुर तथा सजाय ऐनबमोजिम कानुनी कारबाहीलाई प्रहरीले सशक्त पारेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैङ्क खातामा पर्याप्त रकम नभएको ‘चेक’ वितरण गरी करिब तीन करोड रुपियाँ ठगी गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका ५१ वर्षीय रामबहादुर अधिकारी, काठमाडौँ चन्द्रागिरिका ३१ वर्षीय सुवास थापा र गोरखाका २९ वर्षीय विष्णु अम्गाई छन् ।

Inside Article Ads

ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाका अनुसार काठमाडौँस्थित रानीबारी अटो प्रालिका सञ्चालक अधिकारीले आर्थिक कारोबारको सिलसिलामा तीन जनालाई ठगी गर्ने उद्देश्यले विभिन्न बैङ्कको भुक्तान नहुने चेक दिएका थिए ।

जिल्ला अदालत, चितवनले एक वर्षअघि अधिकारीविरुद्ध ५५ दिन कैद र दुई करोड ३२ लाख रुपियाँ जरिवाना सुनाएको थियो । थापाविरुद्ध अन्य दुई पीडितले दिएको जाहेरीमा १७ दिन कैद ६० लाख रुपियाँ जरिवाना गरिएको छ ।

अम्गाईविरुद्ध चेक अनादर मुद्दामा उच्च अदालत पाटन, ललितपुरले एक महिना कैद र १० लाख रुपियाँ जरिवाना सजाय सुनाएको छ । ब्युरो प्रमुख थापाका अनुसार खातामा रकम नभएको चेक दिई अरूलाई ठग्न खोज्दा आफँै फौजदारी कसुर सजाय भोग्नेहरू बढ्दै छन् । गोरखापत्र दैनिकबाट

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.