Fast Nepal News

भूकम्प तथा विपद्पछिको दिगो पुनर्निर्माणबारे बृहत छलफल हुने

banner single news

भूकम्प तथा विपद्पछिको दिगो पुनर्निर्माणबारे बृहत छलफल हुने काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०२६ अन्तर्गत भूकम्प तथा अन्य विपद्पछिको दिगो पुनर्स्थापना र पुनर्निर्माणबारे विज्ञहरूबीच छलफल हुने भएको छ।

‘Public-Private Partnership and Integrated Housing Development for Post-Disaster Sustainable Rehabilitation and Reconstruction’ विषयमा शनिबार, असोज ३ गते (१९ सेप्टेम्बर २०२६) दिउँसो २ बजे कार्यक्रम आयोजना हुँदैछ।

कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका डेपुटी डेभलपमेन्ट कमिस्नर प्रकाश अर्याल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, SONA तथा Architects Association of South Asia का अध्यक्ष आर्किटेक्ट ईश्वरलाल जोशी, काठमाडौं इन्स्टिच्युटका निर्देशक आर्किटेक्ट वीरेश शाह, नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवर तथा नेपाल जियोटेक्निकल सोसाइटीका अध्यक्ष डा. मन्दिप सुबेदी प्यानलिस्टका रूपमा सहभागी हुनेछन्।

कार्यक्रमको सहजीकरण ख्वप इन्जिनियरिङ कलेजकी आर्किटेक्ट प्रमिला शिल्पकारले गर्नेछिन्।

Inside Article Ads

विपद्पछिको पुनर्निर्माणलाई सुरक्षित, दिगो र व्यवस्थित बनाउन सरकार–निजी क्षेत्रबीच सहकार्य तथा एकीकृत आवास विकास आवश्यक रहेको विषयमा छलफल केन्द्रित हुने आयोजकले जनाएको छ।

ख्वप इन्जिनियरिङ कलेजको सहकार्यमा आयोजना हुने कार्यक्रम नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको एक्स्पोअन्तर्गत सञ्चालन हुनेछ। एक्स्पो असोज ४ गतेसम्म भृकुटीमण्डपमा जारी रहनेछ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.