Fast Nepal News

नेपालको परराष्ट्र नीति : अवसर, चुनौती र भावी कार्यदिशाबारे संवाद कार्यक्रम सम्पन्न

नेपाल कानुन समाज र संविधान निगरानी समूहको संयुक्त आयोजनामा कार्यक्रम अायाेजना गरिएको थियो ।

banner single news


काठमाडौं ।साउन २७

नेपालको परराष्ट्र नीतिका अवसर, चुनौती तथा भावी कार्यदिशाबारे छलफल गर्न काठमाडौंमा संवाद कार्यक्रम सम्पन्न भएको छ। नेपाल कानुन समाज र संविधान निगरानी समूहको संयुक्त आयोजनामा “नेपालको परराष्ट्र नीति : अवसर, चुनौती र भावी कार्यदिशा” विषयक संवाद कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रम काठमाडौंको होटल एल्लो प्यागोडामा भएको अायाेजकले जनाएको छ। कार्यक्रममा पूर्व प्रधानन्यायाधीश तथा संविधान निगरानी समूहका अध्यक्ष कल्याण श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो ।
कार्यक्रममा संविधान निगरानी समूहका महासचिव कृष्णमान प्रधानले उद्देश्यबारे प्रकाश पार्नु भएको थियो भने पूर्व मुख्यसचिव एवं परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले विषयवस्तु प्रस्तुत गर्नु भएको थियोे ।

Inside Article Ads


त्यसैगरी पूर्व सचिव तथा राजदूत मधुरमण आचार्य, संविधानसभा सदस्य डा. राजन भट्टराई, पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति माननीय सुनीता उदासले कार्यक्रममा मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा सहभागी माननीय,पुर्व सचिव ,पुर्व मन्त्रि , पुर्व सांसदहरू ,पुर्व राजदूत लगायतका वुद्दिजिवि,कानुनविद् र पत्रकार समेतले छलफल तथा अन्तरक्रियामा भाग लिई अाफ्ना सुझाव सल्लाह दिएको आयोजकले जनाएको छ।
नेपालको बदलिँदो अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको संरक्षण तथा परराष्ट्र नीतिका प्राथमिकताका विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको संवादले नेपालको आगामी परराष्ट्र नीतिका सम्भावित दिशा र प्राथमिकताबारे महत्वपूर्ण बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमको समापन अध्यक्ष कल्याण श्रेष्ठको मन्तव्यपछि पछि कार्यक्रम समापन भएको थियाे।

Visited 3 times, 3 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.