Fast Nepal News

मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्छ : अध्यक्ष अग्रवाल

banner single news

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्रलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।

मंगलबार नाइमा मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको बताए । उनका अनुसार यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरेको छ ।

उनले भने,‘उद्योगसँग सम्बन्धित तथ्यांकले देखाउँछ नेपालको कुल ग्रास्त उत्पादनमा मोबिलिटी क्षेत्रको करिब सात प्रतिशतको योगदान पुर्याइरहेको छ । । यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरेको छ । यो क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता विविध क्षेत्रसँग अन्तरसम्बन्धित रहेको छ । त्यसैले यस क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्छ ’मोबिलिटी क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता विभिन्न क्षेत्रसँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उनले यसको विकासले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।

अध्यक्ष अग्रवालले सरकारका नियमनकारी नीतिका कारण निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको दाबी गरे । डेढ लाखभन्दा बढी उद्यमी–व्यवसायी कालोसूचीमा पर्नु तथा घरजग्गा, सेयर बजार र उत्पादनमूलक उद्योग सुस्ताउनु नीतिगत कमजोरीको परिणाम भएको उनको भनाइ थियो ।

Inside Article Ads

नेपालको कुल लगानीमा निजी क्षेत्रको ८१ प्रतिशत हिस्सा रहेको उल्लेख गर्दै उनले नयाँ नीति वा नियम ल्याउनुअघि त्यसले निजी क्षेत्रमा पार्ने प्रभावको वस्तुगत मूल्याङ्कन गर्न सरकारसँग आग्रह गरे ।

‘कुनै पनि नयाँ नीति वा नियम ल्याउनुअघि त्यसले निजी क्षेत्रमा पार्ने प्रभावको वस्तुगत मूल्याङ्कन हुन जरुरी छ,’ उनले भने ।

अग्रवालले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्थाले व्यवसायी तथा सर्वसाधारणमा त्रास सिर्जना गरेको पनि बताए । विगतमा आर्जन गरेको सम्पत्तिको स्रोत देखाउन नसक्दा प्रहरी प्रशासनबाट हुने सोधपुछले बजारमा डरको वातावरण सिर्जना गरेको उनको भनाइ थियो ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.