Fast Nepal News

गणतन्त्र चीनका राजदूत महामहिम झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाह सँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता

banner single news

काठमाडौ साउन २५
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम झाङ माओमिङले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ।

भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभयो।

Inside Article Ads

महामहिम माओमिङले पनि सम्माननीय प्रधानमन्त्रीज्यूलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो।

Visited 3 times, 3 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.