Fast Nepal News

नेपाल चेम्वर अफ कमर्स तथा नेपाल सुन चांदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरु बीच छलफल

banner single news

काठमाडौं, ०५ माघ -नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सुनचांदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी बीच आज चेम्वर भवन जमलमा छलफल तथा भेटघाट भएको छ । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नवनिर्वाचित कार्य समितिको सफलताको कामना गर्दै दुवै संस्थाको लक्ष्य एवम् उद्धेश्य समान भएकाले नेपाल सुनचांदी व्यवसायीहरुको समस्यालाई नेपाल चेम्वर अफ कमर्सले गम्भीरतापूर्वक लिने र यसलाइ सम्वोधन गर्न नेपाल चेम्वर अफ कमर्स तत्पर रहेको पनि बताए । सो अवसरमा नेपाल सुनचांदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिक रत्न शाक्यले सुन चांदी व्यवसायी महासंघ नेपाल चेम्वर अफ कमर्ससँग लामो समय देखि आवद्ध रहेको स्मरण गर्दै निजी क्षेत्रको हक हित स्थापित गर्न चेम्बर सदैव अग्रसर रहने गरेको उल्लेख गरे । साथै अध्यक्ष शाक्ले सुनचांदी व्यवसायका विभिन्न समस्याहरु समाधानका लागि पहल गर्न चेम्बर नेतृत्वलाई आग्रह समेत गरे ।

त्यसैगरि, नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सो व्यवसायको प्रवद्र्धन गर्न विभिन्न सुझावहरु पनि प्रस्तुत गरे । उक्त भेटघाट एवम् छलफलमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.