Fast Nepal News

अदालतको हुर्मत लिने काम भयोः प्रधानमन्त्री ओली

banner single news

काठमाडौं – माघ ५

काठमाडौं, नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा भएको दाबी गर्दै माधवकुमार नेपाल र पुष्पकमल दाहालले निर्वाचन आयोग र अदालतलाई धम्क्याएको बताएका छन्।

आफ्नो समूहनिकट अखिल नेपाल महिला संघको बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले दाहाल र नेपालले निर्वाचन आयोगमा गएर सूर्य चिह्न चाहियो, अदालतले यस्तो गर्नुप¥यो, उस्तो गर्नुप¥यो भन्दै अदालत र आयोगको हुर्मत लिने काम गरेको आरोप लगाए।

‘प्रतिनिधिसभा विघटनका लागि संविधानको धारा ७६ (७) र धारा ८५ अनुसार सिफारिस गरिएको छ। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सिफारिस गरिएको छ। अनि त्यति पनि नपढी कुँदेका छन्,’ प्रधानमन्त्री ओलीले भने। संसद् विघटन भएपछि राष्ट्रपतिको मर्यादामाथि हमला भएको समेत उनले बताए। हिजो नक्कली राजालाई दाम चढाउनेले गणतन्त्र माथि हमला गरेको ओलीको आरोप थियो। ‘दरबार हत्याकाण्डपछि खोजेर ल्याएको नक्कली राजालाई दाम चढाएको होइन रु अहिले फेरि गणतन्त्रमाथि हमला?’ ओलीले भने।

Inside Article Ads

उनले दाहाल र नेपाल पक्षले अदालतलाई धम्क्याएको आरोप लगाउँदै भने, ‘अदालतप्रति सम्मान छ तर हामीले भनेजसरी फैसला आएन भने सडकबाट संसद् पुनस्र्थापना गर्छौं। यो भनेको न्यायालयमाथि हमला होइन ?’

ओलीले हरेक प्रश्नको जबाफ दिन तयार भएको पनि बताए। उनले दाहाललाई चटकेको संज्ञा दिँदै नेता नेपाललाई झुक्याएको बताए। उनले नेपाललाई दाहालको कार्यकर्ता भएको पनि बताए। नागरिक दैनिकबाट

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.