
रौतहट माघ ३ ।। केपी ओली सरकारको असंबैधानिक कदमको बिरुद्धमा नेपाली काग्रेसले रौतहटको ईशनाथ नगरपालिका ७५३ लगायत अाज शनिबार देशको ७५३ वटै नगरपालिकामा विरोध प्रदर्शन गरिएको थियो । सोहि अनुरुप रौतहटको ईशनाथ नगरपालिकाको अौरैयाको ईशनाथमा पनि बिरोध प्रदर्शन गरिएको थियोे ।सयौं काग्रेसका कारयेकर्ताले ईशनाथको अौरैयामा, केपि अाेली चोर देश छोड , लोकतन्त्र मार्न पाइदैन भन्ने नारा का साथ ईशनाथ नगरपालिकाको नगरको परिक्रमा गरेका थिए ।सो बिरोध प्रदर्शन मा नेपाली काङ्ग्रेस क्षेत्र नं २ क का प्रदेश सांसद नागेन्द्र सिंहा, तराई मधेस समन्वय केन्द्रीय सदस्य श्रीमती अन्जु झा,ईशनाथ नगरपालिकाको प्रत्यासी मेयर कौसलीया देवी, नगर सभापति सिवजी कुशवहा,लगायतका नेता को सहभागिता रहेको थियोे । उनीहरूले प्रधानमन्त्रीको यो कदम असंवैधानिक रहेको बताउँदै संसद विघटन देश र जनताको लागि घातक सिद्ध हुने श्रीमती अन्जु झाले दाबी गरेकी थिए । प्रधानमन्त्री ओलीको यस कदमले संघीयता धरापमा पारेको र यसले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने निश्चित रहेकोले नेपाली कांग्रेस त्यसविरुद्ध आन्दोलनमा उत्रेको नेपाली कांग्रेसको तराई मधेस समन्वय केन्द्रीय सदस्य श्रीमती अन्जु झाले जनाएकी छीन। नेपाली कांग्रेसले आज देशका ७५३ नगर वटैमा स्थानीय तह र माघ ८ गते देशभरका ६ हजार ७४३ वटै वडाहरुमा विरोध प्रदर्शन गर्ने बताइएकी छीन ।
