Fast Nepal News

अब नेपाली कांग्रेस जनताको सेवामा तयार रहेको छ – पाण्डे

banner single news

अर्घाखाँची । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार देशव्यापी विरोध कार्यक्रम गरेको छ ।
सोही अनुसार प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्वर १‘क’अर्घाखाँची द्वारा वृहत विरोध सभा कार्यक्रम किमडाँडा को लामिडाँडामा सम्पन्न गरिएको छ।
कार्यक्रमको प्रमुखअतिथि नेपाली कांग्रेसको केन्द्रिय आमन्त्रित सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री नसचिएकोले नेका केन्दिय समिति देखि वडास्तरसम्म आन्दोलनमा जाने पाटिको निर्णय बमोजिम सर्बसहमत जुटौं संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा लोकतान्त्रिक संविधानको रक्षाका पक्षम भन्दै नेका लोकतान्त्रिक पाटी भएकोले निर्वाचनबाट भागेको होइन विधि प्रक्रिया नपुगेकोले सरकारको अहंकार,अराजकता,भस्टचार,कोबिडबाट पीडित नेपाली नेपाली जनताको पीडालाई बेवास्ता गर्दै जनतालाई धोका दिएकोले नेपाल कम्युनिस्ट पाटीले अब सरकारको नेतृत्व गर्ने नसक्ने पुष्टि भैसकेकोले बताएका छन।

अब नेपाली कांग्रेस जनताको सेवाको तयारी रहने भन्दै संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको आलोचना गरे ।
असंवैधानिक तबरले संसद विघटन गर्दै ओलीले संघीयता समाप्त पार्न खोजेकाले सडकमा आउनुपरेको बताए ।नेपाल को लोकतान्त्रिक आन्दोलनमा काङ्ग्रेस भुमिका बारे प्रस्ट पार्दै नेपालको बिकास सम्बन्धि लोकतान्त्रिको रक्षा नेपाल कम्युनिस्ट पाटीले गर्ने नसकेको बताउदै नेपालको लागि नेपाली काङ्ग्रेस को विकल्प छैन।

लोकतान्त्रिक पाटी भएकोले निर्वाचनमा जान तयार रहेको तर विधि र प्रक्रिया अनुसार हुनु पर्ने, प्रधानमन्त्री र रास्ट्रपतिबाटै निरंकुश र अबैधानिक भएकोले बिरोधमा सडकमा आउन परेको बताए।नेपालमा चीनको हस्तक्षेप बन्द गर्ने पर्ने पनि बताउनु भयो।
कार्यक्रम नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्वर १‘क’का सभापति केशव राज कुँवर को अध्यक्षता ,जिल्ला कार्यसमिति सभापति बिष्णु प्रसाद खनाल ‘मुस्कान’को आतिथ्यतामा सम्पन्न भएको थियोे ।

Inside Article Ads

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दल सचेतक प्रदेश सभा सदस्य निर्मला क्षेत्री,जिल्ला सचिव विष्णु प्रसाद भुसाल, महाधिवेशन प्रतिनिधि लोकेन्द्र विश्वकर्मा, महाधिवेशन प्रतिनिधि कृष्ण प्रसाद खनाल, महाधिवेशन प्रतिनिधि मोहम्मद सफर मिया, जिल्ला सदस्य तारा प्रसाद श्रेष्ठ, जिल्ला सदस्य पिताम्बर खनाल,जिल्ला सदस्य मणिराम परियार, सन्धिखर्क नगर सभापति विनोद आचार्य, ट्रेड युनियन कांग्रेसका लुम्विनी प्रदेश सचिव नन्दराम भट्टराई, मालारानी गाउँ पालिका संयोजक शोभाखर खनाल,जिल्ला आमन्त्रीत सदस्य हुम प्रसाद बन्जाडे, छत्रदेव २ का वडा अध्यक्ष राजेश पन्थी,सन्धिखर्क १२ का वडा सभापति लिलाधर बस्याल, नेपाल महिला संघका उपाध्यक्ष जानका बन्जाडे लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ ‘क’ उप सभापति कृष्ण वेल्वासेको स्वागत मन्तब्य र सचिव तारा प्रसाद फुल्लेलको सञ्चालनमा सम्पन्न भएको हो ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.