Fast Nepal News

अब निर्माण सामाग्री महगो , ५० देखि ९५ सम्म मूल्य वृद्धि

banner single news

काठमाडौं, पुस २० – दुई साताअघिसम्म ओपीसी सिमेन्टको खुद्रा बिक्री मूल्य प्रतिबोरा ६५० रुपैयाँ थियो । अहिले ७०० रुपैयाँ नाघेको छ । पीपीसी सिमेन्टको प्रतिबोरा ५५० रुपैयाँबाट बढेर ६०० रुपैयाँ पुगेको छ । यसैगरी फलामे छड प्रतिकिलो ७५ बाट ९५ रुपैयाँ पुगेको छ । खाने तेल र चामलको मूल्य पनि बढेको छ ।

विदेशमै औद्यागिक कच्चा पदार्थको मूल्य बढेको भन्दै व्यवसायीले सिमेन्ट र छडको मूल्य बढाएको छ । ‘सिमेन्ट र फलामे छडको बजार मूल्य स्थिर छैन । एक साताको अन्तरालमै बढेको छ,’ सिद्धार्थ निर्माण सामग्री संघ रुपन्देहीका उपाध्यक्ष तथा बिक्रेता राजेश खरेलले भने, ‘यो मूल्यवृद्धि यस क्षेत्रको मात्र नभएर मुलुकभरी उत्पादित सबै सिमेन्ट र छडको समेत हो ।’

Inside Article Ads

-कान्तिपुर दैनिक

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.