Fast Nepal News

एनआरएनए बद्री केसी टोली र प्रधानमन्त्रीबीच भेटघाट

banner single news

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ(एनआरएनए)लाई एकजुट बनाउनका लागि आफू सदैव प्रतिवद्ध रहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी सहितका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले एनआरएनएलाई गैर–राजनीतिक बनाई संसारभरका गैरआवासीय नेपालीलाई एकजुट बनाउन आफू सदैव प्रतिबद्ध रहेको बताएका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले ११ औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताएको उल्लेख गर्दै भने, ‘म आफैँ कतिपटक तपाईहरुको कार्यक्रममा सहभागी भएँ त्यसको मतलव नै तपाईहरु आधिकारिक हो । अब दसौं महाधिवेशनमा विवाद भएको हो,  त्यो विवादबारेको फैसला ११ औं महाधिवेशन भइसकेको थियो। पछिल्लो फैसलाले समेत ११ औं महाधिवेशनलाई मान्यता दिइसकेको छ, अरू महाधिवेशन भयो भएनले अर्थ राख्दैन ।’

Inside Article Ads

प्रधानमन्त्री ओलीले हरेक दुई वर्षको अक्टोबरमा हुने एनआरएनए महाधिवेशन नै आधिकारिक हुने  भन्दै  त्यसतर्फ तयारी गर्न आग्रह गरे । आइतबार मात्र शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले काठमाडौँमा महाधिवेशन गर्दै महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको थियो ।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित समितिले आयोजना गरेको एकता महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए ।

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.