Fast Nepal News

उबुन्टु नेपाल र सीएसआरआईबीच उबु–कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी

banner single news

 

काठमाडौं । नेपालमा ओपन–सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवद्र्धनका लागि उबुन्टु नेपाल र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रबीच औपचारिक साझेदारी भएको छ ।

आइतबार राजधानी काठमाडौमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको उब–(कन एशिया २०२५ (ग्दगऋयल ब्कष्ब २०२५) भर्चुअल सम्मेलन आगामी भदौ १३–१४ (अगस्ट ३०–३१) मा आयोजना हुने हुने उल्लेख गरिएको छ ।

सो अवसरमा दुवै संस्थाबीच सहमति पत्र (ःयग्)  मा हस्ताक्षर भएको छ । उबुन्टु नेपालका तर्फबाट आदित्य सिंह, उबु(कन एशिया २०२५ आयोजक समितिका प्रमुख, र सीएसआरआईका तर्फबाट डा. शालिग्राम पराजुली अध्यक्ष तथा डा. भोजराज घिमिरे महासचिवले हस्ताक्षर गरेका हुन् । सीएसआरआईका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा यस पहलको सुरुवात गरिएको हो ।

Inside Article Ads

यो समझदारी र  सहकार्य केवल सम्मेलन आयोजनासम्म सीमित नभइ नेपालको सूचना प्रविधि क्षेत्रको दीर्घकालीन विकास र ओपन–सोर्स र साइबर सुरक्षा क्षेत्रको सुदृढीकरण  गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

अब सीएसआरआई ‘कम्युनिटी पार्टनर’ को रूपमा उबु–कन एशिया २०२५ मा मान्यता प्राप्त गर्नेछ । यसको लोगो तथा ब्रान्डिङ निम्न माध्यमहरूमा समावेश गरिनेछ ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.