
तनहुँको भानु नगरपालिका–१० कालिमाटीमा माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ। काठमाडौँबाट बेशीसहरतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र डुम्रेतर्फ गइरहेको ग २६ प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा लमजुङ बेशीसहरकी अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। उनका पति सुरेश श्रेष्ठ गम्भीर घाइते छन्।

दुर्घटनामा माइक्रोबसमा सवार मनाङ नासोङ गाउँपालिका–८ का ४० वर्षीय मन घलेको उपचारका क्रममा लमजुङको सुन्दरबजारस्थित एचडीसीएस नमुना सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्किरहेका थिए। मृतक घले मनाङको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक थिए।
माइक्रोबसमा रहेका अन्य यात्रुहरू पनि घाइते भएका छन्। तीमध्ये दुई जनालाई पोखरा र एक जनालाई चितवन रिफर गरिएको छ भने अन्यलाई भोटेओडार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने माइक्रोबस चालकलाई नियन्त्रणमा लिएको छ।
