Fast Nepal News

नगरपालिकाले दिएको अन्तिम समय सकिदा पनि भत्किएन

banner single news

राइनास ६ धमिलिकुवाको सार्वजनिक जग्गामा बनेका घर देश भर कयौं मानिस अझैसम्म सुकुम्बासी छन् त कोहि भने सुकुम्बासीको नाममा हुकुमबासी । तेस्तै लमजुङको राइनास नगरपालिकामा यहि प्रकारका समस्या धेरै रहेका छन् ।
राइनास नगरपालिका वाड न ६ धमिलिकुवा स्थित शैलपुत्री नमूना उच्च माध्यामिक विद्यालय र धमिलिकुवा वोराङखोला सडकको वीच भागमा रहेको सार्वजनिक जग्गामा बनेका घर टहरा हटाउन उच्च अदालत पोखराले आदेश जारी गर्‍यो ।
सार्वजनिक जग्गामा बनेका घर टहरा हटाउन अनि नगरपालिकालाई नियमानुसार गर्नु भनी आदेश भएको थियो । सो को आधारमा नगरकार्यपालिका ले २०८१ माघ २५ गतेको बैठकबाट उक्त घर टहरा मिति २०८१ फगुन १० गते भित्र हटाई लैजान भन्दै अन्तिम समय दिई सूचना जारी गर्‍यो ।
उक्त समयभित्र आ-आफ्ना संरचना हटाई नलगेमा २०८१ फाउगुन ११ गते नगरपालिकाले आफै हटाउने भन्दै राइनास नगरपालिकाका प्रशासकीय अधिकृत धनेश्वर पौडेलद्वारा हस्ताक्षरित सुचना जारी गरेको थियो । तर तोकिएको मिति सकिएपनि न नगरपालिकाले सो स्थान बाट घर हटायो न त्यहा बस्ने व्यक्तिहरुले ।
स्थानीय समाजसेवी तथा जनताहरुले भने अदालतको आदेश नमानेको भन्दै आक्रोश व्यक्त गरेका छन् । तर यता स्थानीय तहले सूचना जारी गर्दा समेत घर टहरा भत्काउन सुरु नहुदा जनता आक्रोश भएका छन् ।

Inside Article Ads
Visited 46 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.