Fast Nepal News

प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न

banner single news

 

तनहुँ । फाल्गुण ४ । प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न भएको छ । साँगे दर्पण प्रकाशन समितिको आयोजनामा भर्चुअल माध्यमबाट यस सम्मेलन फाल्गुण ३ गते शनिवार आयोजनामा आएको हो । साँगे दर्पणका सम्पादक सरोज ओझाले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको यस सम्मेलन साँगे दर्पणक प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्लेको सभापतित्वमा सम्पन्न भएको हो ।

सो अवसरमा साँगे दर्पण प्रकाशन समितिकी सदस्य चन्द्रा न्यौपानेले स्वागत मन्तव्य र बालवती शर्मा पण्डितले धन्यवाद ज्ञापन गर्नुभयो थियो भने पूर्व एसएसपि हरिराज वाग्लेले पुस्तक प्रकाशनको कार्य प्रगती, हरिराज वाग्लेले अर्थ संकलन र साँगे काठमाण्डौ सम्पर्क समाजका सचिव विकास भण्डारीले बालन सम्बन्धी जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव पुरुषोत्त​म ओझा, पूर्व न्यायधिस कृष्णबल्लभ काफले, गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफले, वरिष्ठ अधिवत्ता प्राध्यापक डा. गान्धी पण्डित, वन विशेषज्ञ प्रा. डा. राम पण्डित, बरिष्ठ इन्जिनियर श्रीभद्र वाग्ले, शिक्षासेवी गोपेन्द्र केशरी न्यौपाने, ब्यास नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल श्रेष्ठ, म्याग्दे गाउँपालिका वडा नं ७ का अध्यक्ष वसन्तकुमार श्रेष्ठ, नेता शेषरमण न्यौपाने, नेतृ रविकला खनाल, नेता अत्येन्द्र केशरी न्यौपाने, साँगे काठमाडौं सम्पर्क समाजका अध्यक्ष रामनाथ पण्डित, प्रा. डा. उदयराज वाग्ले, प्रा. डा. अविन ओझा र वन विशेषज्ञ डा. बिष्णुहरि वाग्लेले विशेष वक्ताका रुपमा सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।

मन्तव्यका क्रममा उहाँहरुले साँगे सम्मेलनको आयोजनाले भाइचारा अभिवृद्धीमा सघाउन पुग्ने राय राख्नुका साथै साँगे सभ्यता संरक्षण तथा विकास अभियान, साँगे दर्पण प्रकाशन जस्ता सन्दर्भहरुले उत्साहित तुलाएको र आ-आफ्नो स्थानबाट रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Inside Article Ads

व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने, अग्रजहरु पूर्व क्याम्पस प्रमुख प्राध्यापक भोजराज ओझा, गुरु माधवप्रसाद भारद्वाज लगायतले सम्मेलनमा सहभागी हुन नपाए पनि सम्मेलनको सफलताको कामना गर्दै शुभकामना सन्देश पठाउनुभएको थियो ।

आयोजक समिति साँगे दर्पण प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्लेले यस कदमले साँगे समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरि सम्मेलन आयोजनाको उदेश्य माथि प्रकाश पार्दै उहाँले उत्साहजनक उपस्थितीले हौसला प्रदान गरेको बताउदै भन्नुभयो “खासमा साँगे सभ्यताको ऐतिहासिक, सांस्कृतिक, तथा प्राकृतिक महत्वलाई उजागर गर्दै यसको संरक्षणका लागि ठोस योजना बनाउनु, समुदायका सदस्यहरूलाई एकताबद्ध गर्नु, भावी पुस्तालाई साँगे सभ्यताको महत्त्वबारे सचेत गराउनु र साँगे क्षेत्रको समग्र विकासका लागि रणनीतिक कार्ययोजना तय गर्नु सम्मेलनका मुख्य उद्देश्यहरू हुन र आजको उल्लेख्य उपस्थितीले हामीलाई थप उर्जाशील बनाएको छ’ ।

साँगेबासी एवम् सरोकारवालाहरुको उल्लेख्य सहभागीता रहेको यस ऐतिहासिक सम्मेलनमा स्वागत मन्तव्य, परिचयात्मक सत्र, सहभागी वक्ताहरूको मन्तव्य, क्षेत्रगत संयोजन समिति प्रस्ताव तथा साँगे सभ्यता संरक्षण तथा विकास अभियान घोषणा जस्ता गतिविधिहरू समावेश थिए । यस सम्मेलनले साँगे सभ्यताको संरक्षण, प्रवर्द्धन, र समृद्धिका लागि मार्गचित्र प्रस्तुत गर्न मार्गप्रशस्त गरेको आयोजकको विश्वास छ।

Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.