
तारकेश्वर, काठमाडौं – तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरवासीलाई एक प्रेरणादायी सन्देश दिएका छन्। बिहानीको अभिवादनसहित उनले नगरको विकास, समृद्धि, र सामुदायिक एकताको महत्त्वमा जोड दिएका छन्।
महर्जनले नगरको प्रगतिमा हरेक नगरवासीको भूमिका निर्णायक भएको र सामूहिक प्रयासबाट नगरलाई अझ सुन्दर र समृद्ध बनाउन सकिने विश्वास व्यक्त गरेका छन्। नगरप्रमुख महर्जनले आफ्नो सन्देशमा भने, “हाम्रो नगरको प्रगति र विकास तपाईं र हाम्रो सामूहिक प्रयासबाट सम्भव छ। हामीले एकता, मिहिनेत, र सेवा भावलाई जीवन्त राख्दै अघि बढ्नुपर्छ।” उनले सकारात्मक सोच, समर्पण, र निरन्तर प्रयासले हरेक चुनौतीलाई अवसरमा बदल्न सकिने कुरामा पनि जोड दिए। सन्देशमा महर्जनले नगरवासीको माया, सद्भाव, र सुझावको उच्च प्रशंसा गर्दै, “तपाईंहरूको निरन्तर समर्थनले हाम्रो नगर शान्ति, समृद्धि र प्रगतिमा नमूना बन्नेछ,” भनेका छन्।
नगरमा सिमित श्रोत बाबजुद पनि विकासलाई तिब्रता दिने प्रयास जारी रहेको बताउँदै, उनले आगामी दिनमा पनि नगरवासीको साथ र सहयोग अपरिहार्य हुने बताए। महर्जनले आफ्नो ८८७ दिनको कार्यकालमा नगरमा भएका विकासका कार्यहरूको समीक्षा गर्दै नगरप्रमुखको जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्ने प्रतिवद्धता जनाए। उनले नगरको उज्ज्वल भविष्य निर्माणका लागि सबैलाई सहयोगी भावनाका साथ अघि बढ्न आह्वान गरेका छन्। “जय तारकेश्वर! जय नगरवासी! जय नेपाल!” भन्दै उनले सन्देशको समापन गरेका छन्।
