Fast Nepal News

स्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्न

banner single news

 

काठमाडौं । स्कुल्स एलाईन्स फर एकेडेमीक ट्रान्सफर्मेसन (स्याट) ले बिजया दशमी २०८१ को अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका, सुकेधारा निलोपुलमा आयोजित उक्त कार्यक्रम एन प्याब्सनका केन्द्रिय महासचिव पारसमणी दाहालको बिशेष उपस्थिती माझ सम्पन्न भएको हो ।

सो अवसरमा स्याट सम्बद्ध सदस्य विद्यालयका उच्च अधिकारीहरु बीचमा भएको खेल प्रतियोगिताका विजेताहरुलाई मेडल तथा ट्रफीसहित सम्मान गरिएको थियो । जसमा क्यारेमबोर्डतर्फ प्रथम बन्न सफल बिजय राज खरेल, द्धितिय स्थान हासिल गर्नुहुने हेमन्त श्रेष्ठ एवम् तृतिय स्थान प्राप्त गर्नुहुने प्रशान्त दाहाल तथा रामप्रसाद काफले, ब्याडमिण्टनतर्फ प्रथम बन्न सफल बिजय राज खरेल, द्धितिय स्थान हासिल गर्नुहुने मनोज दाहाल एवम् तृतिय स्थान प्राप्त गर्नुहुने हेमन्त श्रेष्ठ तथा निलममणी भट्टराई र टेबल टेनिसतर्फ प्रथम बन्न सफल हेमन्त श्रेष्ठ, द्धितिय स्थान हासिल गर्नुहुने प्रशान्त दाहाल एवम् तृतिय स्थान प्राप्त गर्नुहुने विनय श्रेष्ठ तथा राजन लम्साल रहनु भएको छ । सो अवसरमा स्याटसँग सहकार्य गर्दै योगदान पुर्‍याउनुहुने महानुभावहरु समेतलाई सम्मानपत्र प्रदान गरिएको थियो । उहाँहरुलाई एन प्याब्सनका केन्द्रिय महासचिव पारसमणी दाहाल, एनप्याब्सनका केन्द्रिय सदस्य प्रल्हाद दाहाल, एनप्याब्सन काठमाण्डौ महानगर कमिटी अध्यक्ष बिजय राज खरेल एवम् स्याटका अध्यक्ष बिनय श्रेष्ठले संयुक्त रुपमा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा स्याटका सचिव प्रशान्त दाहालले संगठनमा नेपालभरबाट सदस्यता प्राप्तीका लागि निवेदन परेको र केहीलाई स्विकृति प्रदान गरिएको र केहीको टुङो लाग्न बाँकी रहेको र आवश्यक प्रकृया पुरा गर्ने तयारी बारे जानकारी गराउनुभएको थियो ।

Inside Article Ads

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एन प्याब्सनका केन्द्रिय महासचिव पारसमणी दाहालले स्याटले अर्थपूर्ण र महत्वपूर्ण कार्यक्रमहरु पस्कदै आएको उल्लेख गर्नुहुँदै स्याट सामुहिक भावनाका साथ अघि बढ्दै प्रेरणादायी तथा उत्साहप्रद रुपमा अघि बढेको बताउनुभयो ।

त्यसैगरि, स्याटका अध्यक्ष बिनय श्रेष्ठले स्याट शैक्षिक रुपान्तरणको लागि साझा मंच रहेको उल्लेख गर्नुहुँदै शैक्षिक विकास साथै सम्बद्ध सदस्य विद्यालय सम्बद्धहरुको समग्र विकासका निम्ती संस्थागत रुपमा नियमित तबरले विविध कार्यक्रमहरुको आयोजना गर्दै आएको बताउनुभयो ।

कार्यक्रम माझ उपस्थितहरुले संस्थाका एकै परिवारका रुपमा दसैं उत्सवलाई मनाउदै मान्यजनका हातबाट टिका तथा आशिर्वाद ग्रहण गर्नुभएको थियो ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.