
नेपाली सेनाको श्री बरख गणले सप्तरीको दक्षिणी सीमावर्ती बलानबिहुल गाउँपालिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
पालिकाको वडा नं १ स्थित मल्हनियाँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणहरूलाई सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।
गत साताको अविरल वर्षाको कारण उक्त पालिकाका केही स्थानसमेत डुबान तथा कटानबाट प्रभावित भएका थिए ।
शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बहिरङ्ग सेवा, दन्त उपचार सेवा, आँखा जाँच सेवाका साथै प्रयोगशाला परिक्षण सेवासमेत प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी रमेश पाण्डेले जानकारी दिएका छन्।
पाण्डेले आफ्नो निजी पहलमा नजिक आँखा नदेख्ने समस्या पहिचान भएका तीन सय जना बिरामीहरूलाई निःशुल्क चस्मा वितरण गरेका थिए ।
स्वास्थ्य शिविरमा गणका साथै राजविराजस्थित छिन्नमस्ता अस्पताल, श्री नं। २७ फि।ए। गुल्म तथा बालानबिहुल गाँउपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरूले करिव पाँच सय जनालाई सेवा दिएका थिए ।।
