Fast Nepal News

लामा कन्टक्सनले अव पनि टेरेन भने मुद्दामा जान्छुः मातृका खनाल

मेराे िवकल्प भनेकाे अव मुद्दा हाे । जिल्ला प्रसाशनकाे पत्र र नगरपालिकाकाे पत्रलाइ समेत वेवास्था ।

banner single news

लम्जुङ सम्वाददाता

लमजुङ । जिल्ला प्रसाशनकाे पत्र र नगरपालिकाकाे पत्रलाइ समेत वेवास्था गरेकाे गुनासाे पिडित मातृका खनालले गरेका छन् । पिडित किसान हुन् चम्पावति मल्टि एग्राे एन्ड रिसर्च सेन्टर प्रा.लि का सन्चालक राईनास नगरपालिका ५ का मातृकाप्रसाद खनाल ।
नेपालेडाँडा,तार्कुघाट,वाेराङखाेला सडक खण्डको काम गर्न ठेक्का पारेकाे लामा कन्ट्क्सन कम्पनी प्रा.लि ले विना ईन्जिनियरिङ प्लानिङ नै सडक वनाउदा खेत र घडेरि नरहेने खाेलाे सिधै खाेलामा पिरणत गरिदिएकाे छ । सडक खन्दा जमिनको सतहभन्दा धेरै तल खारेकाे हुदा धेरै किसानका घडेरी भिरालाे बनाई बिगारे पछि उनि आक्रोशित भएका हुन् । कतिपय किसानकाे खेत र घडेरीलाई बिगारेर उक्त जग्गामा ढल र पानीको निकास बनाउदा किसान मर्कामा परेकाे किसान बताउछन् ।

उनका अनुसार आफ्नाे जग्गा मध्येकाे कि.नं ७४० र ७६० मा सिंचाइ गर्दै आएको कुलाे मासिदिएकाे र कि.नं ६२६ मा ढल र भल हुल्नुका साथै आन्तरिक कुला र गाैडाहरू समेत भत्काएर खेतबारी र घडेरीलाई खाेलामा परिणत गरिदिएको बताए । साथै नगर प्रमुख सिंह बहादुर थापाले समेत क्षती पुग्न गएकाे घडेरी र खेतलाई क्षती नपुग्ने गरि व्यवस्थापन गर्न भनी लामा कन्ट्रक्सन राईनास शाखालाई पत्राचार समेत गरेका थिए । यद्यपी उक्त पत्रकाे समेत कुनै वास्ता नगरि काम अगाडि वडाएकाेमा घाेर आपत्ति व्यक्त गर्दै अबको विकल्प अदालतकाे ढाेका ढकढक्याउनु वाहेक अरू कुनै विकल्प आफुसँग नरहेकाे पिडित मातृकाप्रसाद खनालले बताए।

Inside Article Ads

लामा कन्स्ट्रक्सनले अन्यत्र पनि यस्तै लापरबाही तरिकाले सडक निर्माण गर्ने र किसानलाई मर्का पर्ने गरि ईन्जिनियर परिचालन गर्ने गरेको अन्य पिडितहरूकाे गुनासो रहेकाे छ ।

Visited 79 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.