Fast Nepal News

रुसको पूर्वी तट नजिकै ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प,भूकम्प गएपछि ज्वालामुखी विस्फोट

banner single news

रुसको पूर्वी तट नजिकै ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्प गएपछि ज्वालामुखी विस्फोट भएको रुसी सरकारी संचार माध्यमले जनाएका छन् । सिभेलुच नामक ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ ।

सो सहरमा करिब १ लाख ८० हजार मानिसको बसोबास रहेको छ । रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि धुँवा र खरानीको मुस्लो ८ किलोमिटरमाथि आकाशसम्म पुगेको बताइएको छ ।

Inside Article Ads

ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । भूकम्प र ज्वालामुखीमा परी घाइते वा हताहत भएको विवरण हालसम्म प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । केन्द्रविन्दु जमनको सतहभन्दा ३० माइल गहिराइमा रहेको छ । भूकम्पपछि सुनामीको खतरा भने जारी गरिएको छैन ।

 

 

Visited 45 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.