Fast Nepal News

पुत्र वियोगको अपुरणिय पिडामा चलचित्र निर्देशक दिनेश पौडेल

banner single news

 

फिल्म निर्देशन दिनेश पौडेललाई ठुलो बज्रपात परेको छ।
२६ बर्ष उमेरको लक्का जवान छोरो विवेकलाई गुमाउनु पर्दा निर्देशक पौडेलको जीवनमा ठूलो पिडा आएको छ । छोरा विवेकलाई नयाँ नेपाली फ्लिममा डेब्यु गराउने योजना बमोजिम सिक्किमका नेपाली मुलका  फ्लिम निर्मातासंग छलफल गर्न पौडेल सिक्किम गएका थिए । यता नेपालमा भने श्रावण २४ गते छोरो विवेक २ जना साथी संग सुन्दरीजल, धापड्याम स्थित नागमती खोलामा पौडी खेल्न गए।
तर दुर्भाग्य विवेकलाई पौडी खेल्दाखेल्दै खोलाले बगाएर बेपत्ता पार्यो । श्रावण २५ शुक्रबार छोराको लास भेटियो । खबर पाउने बितिक्कै सिक्किमबाट पौडेल फर्किएर अहिले एउटै मात्र लक्का जवान छोराको किरिया गर्न कोरामा छ्न । दु:खान्त फ्लिमको क्लाईमेक्सको कहानी जस्तो बनेर निर्देशक पौडेलको जीवनमा दशा आईपरेको छ ।यतिखेर पौडेलको छोरालाई नायकमा डेब्यु गराएर नयाँ फ्लिम बनाउने योजना सबै भताभुङ्ग भएका छन । यस्तो विपतको घडीमा पनि निर्देशक पौडेलले नत निर्देशक समाज,नत निर्माता संघ नत कलाकार संघको सहानुभूति पाएका छन् ।
कोहीपनी नेपाली चलचित्र जगतका ब्यक्तिहरु पौडेललाई परेको दु:खमा सान्त्वना दिन नआएको देख्दा अचम्म मान्नुपर्ने भएको छ । पौडेलले ‘गद्धार’, ‘शंकरदादा’, ‘दि मस्ट वान्टेड’, ‘जस्ट फर यु’, ‘कम्पन’, ‘कसुर’, ‘रे’ जस्ता फ्लिम निर्देशन गरिसकेका छन । नेपाली कलाकर्मीहरुले यस्तो विपतको अवस्थामा पौडेल प्रति सहानुभूति व्यक्त गर्नु पर्ने होईन र?

Inside Article Ads
Visited 36 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.