Fast Nepal News

४२ लाख रुपैयाँ मूल्य बराबरको अबैध सामानसहित एउटा ट्रक नियन्त्रणमा

banner single news

सिन्धुली प्रहरीले ४२ लाख रुपैयाँ मूल्य बराबरको अबैध सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

सर्लाहीबाट बिपी राजमार्ग हुँदै काठमाडौँ लैजाँदै गरेको अवैध सामान सिन्धुली प्रहरी चेकजाचका क्रममा नियन्त्रणमा लिएर राजश्व कार्यालय, पथलैयालाई बुझाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान चेकपोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा म प्र ०३–००३ ज ०३०६ नम्बरको ट्रकसहित ४२ लाख बराबरको विभिन्न अबैध सामानहरु नियन्त्रणमा लिई राजश्व कार्यालय, पथलैया, बारालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिएका छन् ।

Inside Article Ads

उनका अनुसार चिनि १५० बोरा प्रतिबोरा ३० केजी, काजु २० बोरा प्रतिबोरा ३० केजी, छोकडा ११ बोरा प्रति बोरा ५० केजी, सुपारी ६ बोरा प्रतिबोरा ८० केजी, कालो मरिच २ बोरा प्रतिबोरा ३० केजी, सेतो मरिच १६ बोरा प्रतिबोरा २५ केजी र म प्र०३–००३ ज ०३०६ नम्बरको एक थान ट्रक नियन्त्रणमा लिई राजश्व कार्यालयमा बुझाइएको हो ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.