Fast Nepal News

बंगलादेशमा जारी कोटा प्रणाली विरुद्ध आन्दोलनले परिवर्तन गर्न सफल

banner single news

बंगलादेशमा विगत दुई महिनादेखि जारी नागरिक आन्दोलन कोटा प्रणाली विरुद्ध शुरु भएको आन्दोलनले अन्ततः सत्ता परिवर्तन गर्न सफल भएको छ ।

आइतबार भएको आन्दोलनका क्रममा एकै दिनमा ९० जनाको मृत्यु भएको थियो । स्थिति नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो । तर हजारौंको संख्यामा सडकमा उत्रिएका बंगलादेशीले कर्फ्युको अवज्ञा गर्दै प्रधानमन्त्रीको दरवारमै प्रवेश गरेपछि प्रधानमन्त्री शेख हसिना देश छोडेर भाग्न बाध्य भएकी हुन् ।

भीडले हसिनाको निवासमा तोडफोड र लुटपाट समेत गरेको छ । हसिनाको वहिर्गमन लगत्तै सेना प्रमुखले देशवासीका नाममा संवोधन गर्दै सरकारको नेतृत्व गर्ने जनाएको छ । बंगलादेशी राष्ट्रपतिले आन्दोलनमा गिरफ्तार भएका विद्यार्थीको रिहाईको आदेश दिएको छ।

Inside Article Ads

यसैगरी हिरासतमा रहेकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई पनि रिहा गर्न आदेश दिएकी छन् । राष्ट्रपति मोहम्मद साहवुद्दिनले हसिना सरकारले लगाएको कर्फ्यु आदेश हटाइएको घोषणा गरेका छन् । साथै अन्तरिम सरकार गठन हुने र नयाँ निर्वाचनको आव्हान गर्ने बताएका छन्।

 

 

Visited 43 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.