Fast Nepal News

रसुवा जिल्लाको ८१ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध

banner single news

डिभिजन सिँचाइ कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाको ८१ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध गराएको छ ।

हालसम्म निर्माण गरिएका योजनाबाट जिल्लाभर एक हजार चार सयभन्दा बढी हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको प्राविधिक सिँचाइ कार्यालयका प्रमुख गोविन्दप्रसाद भूर्तेलले जानकारी दिएका छन्।
बाँझो रहेका खेतीयोग्य जमिनमा सिँचाइ सेवा उपलब्ध गराई कृषि उत्पादन बढाउने सङ्घ तथा प्रदेश सरकारको नीति अनुरूप विभिन्न सिँचाइ योजना निर्माण गरिएका हुन् ।

विसं २०७२को भूकम्पले क्षति पु¥याएका योजनालाई मर्मतसम्भार गर्नुका साथै नयाँ योजनालाई नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयन गरिएको प्रमुख भूर्तेलले बताएका छन्। गत आर्थिक वर्षमा सिँचाइ योजनामा रू १३ करोड ९० लाख खर्च भएको उनले बताएका छन्। निर्माण गरिएका सिँचाइ योजनाबाट एक हजारभन्दा बढी किसानले सुविधा पाएका छन् ।

यस्तै जिल्लामा २४ स्थानमा नदी नियन्त्रण तथा रोकथाम गर्न तटवन्ध निर्माण गरिएको छ । सिँचाइ कार्यालयले उत्तरी रसुवाको कोमिन श्यामेवाङ्फेल माविमा सोलारसमेत जडान गरेको छ । बिजुली नभएको समयमा सोलार बत्ती प्रयोग गरेर पठनपाठन गर्न सकियोस भनेर सोलार बत्ती जडान गरिएको हो ।

Inside Article Ads

कालिका गाउँपालिका–५ मा थोपा सिँचाइ योजनाबाट स्थानीय ५८ परिवार लाभान्वित भएका प्रमुख भूर्तेलले बताएका छन्। खेर गएको पानी सङ्कलन गरी ट्याङ्कीमा जम्मा गरेर ६० रोपनीभन्दा बढी जग्गामा सिँचाइ गरिएको भदौरे नमूना सिँचाइ व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष तारा पौडेलले जानकारी दिएका छन् । भदौरे थोपा सिँचाइ योजना देशकै नमूना भएको उनको भनाइ छ ।

यसैगरी धोबीखोलादेखि पाईप सिँचाइ योजनाबाट धैबुङकोट, ढकाल डाडा, कटुञ्जेसमेतका क्षेत्रमा सिँचाइ सेवा पुर्याइएको छ । त्यसबाट सयौँ परिवार लाभान्वित भएका स्थानीय बासिन्दाले बताएका छन् ।

 

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.