
नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।
जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधिले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सांसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएकाले पनि यो गठबन्धन टिकाउ रहेको पुष्टि गर्ने तर्क गरेका छन् ।
तत्काल गठबन्धनभित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना टाढासम्म नरहेको उनको भनाइ थियो । पूर्व उपप्रधानमन्त्री निधिले वर्तमान गठबन्धनले राजनीतिक स्थायित्व मुलुकलाई प्रदान गर्ने बताएका छन्। यसले देशमा विकासका बाटाहरू समेत प्रशस्त गर्ने दाबी उनको छ ।
उनले दुई ठुला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पारेका छन्।
