Fast Nepal News

लोकतान्त्रिक पाटी भएकोले निर्वाचनमा जान तयार रहेको तर विधि र प्रक्रिया अनुसार हुनु पर्छ -पाण्डे

banner single news

१४ पुस, अर्घाखाँची । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गरेको छ। विघटित संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सोमवार एकसाथ प्रदर्शन गरेको छ।

सोमबार अर्घाखाँचीको सन्धिखर्कमा पनि बिशेश प्रदर्शन भएको छ।
कार्यक्रमको नेपाली कांग्रेसको केन्द्रिय आमन्त्रित सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेको प्रमुख अतिथिमा र जिल्लापाटी सभापति बिष्णु मुस्कान(खनाल)ले अध्यक्षता गरेका थिए ।

कार्यक्रमा प्रमुख अतिथि बालकृष्ण पाण्डेले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको आलोचना गरे । असंवैधानिक तबरले संसद विघटन गर्दै ओलीले संघीयता समाप्त पार्न खोजेकाले सडकमा आउनुपरेको बताए ।नेपाल को लोकतान्त्रिक आन्दोलनमा काङ्ग्रेस भुमिका बारे प्रस्ट पार्दै नेपालको बिकास सम्बन्धि लोकतान्त्रिको रक्षा नेपाल कम्युनिस्ट पाटीले गर्ने नसकेको बताउदै नेपालको लागि नेपाली काङ्ग्रेस को विकल्प छैन। लोकतान्त्रिक पाटी भएकोले निर्वाचनमा जान तयार रहेको तर विधि र प्रक्रिया अनुसार हुनु पर्ने, प्रधानमन्त्री र रास्ट्रपतिबाटै निरंकुश र अबैधानिक भएकोले बिरोधमा सडकमा आउन परेको बताए।
नेपालमा चीनको हस्तक्षेप बन्द गर्ने पर्ने पनि बताउनु भयो। बिष्णु मुस्कानले जिल्लामा भएका गतिविधि,कार्यकर्तालाई उर्जादिने केन्द्रिय निर्देशनको बारेमा प्रस्ट परेकाथिए। केपि ओलिको गलत कदमको भर्सना गरेका थिए।

Inside Article Ads

कार्यक्रममा पिताम्बर भुसाल,कमक भुसल,निर्मला क्षेत्री ,यादब घिमिरे ,केसब श्रेष्ठ ,सुर्य अधिकारी,अचुत गौतम ,लेखनाथ पोखरेल,शान्ता भन्डारी,श्याम नाथ कस्यप,लागाएत जिल्ला,पालिका वडा भातृ सस्थाका नेता हरुको सहभागीता थियो ।कार्यक्रमको सन्चालन जिल्ला सचिब बिष्णु भुसालले गर्नु भएको थियो।

यस अघि पनि२९ मंसिर पनि जिल्ला सदरमुकाममा आन्दोलन गरेको थियो ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.