Fast Nepal News

कैलालिमा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द

banner single news

कैलालिमा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नु लगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।

कतिपय उद्योग सञ्चालक रोजगारीका लागि वैदेशिक रोजगारीमा गएकोसमेत देखिएको छ । कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले खाने तेल, सिमेन्ट ब्लक, पोल्ट्रीफार्म, ब्युटीपार्लर जस्ता घरेलु उद्योग बन्द भई खारेजीमा परेको जानकारी दिएका छन्।
पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको छ । महिलाका नाममा प्राइभेट फार्म दर्तामा छुटको व्यवस्था गरिएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको हो ।

एक करोड सम्मको कुल पूँजी भएका निजी फार्म महिलाका नाममा दर्ता गर्दा शुल्कमा छुटको कानुनी व्यवस्था गरिँदा उद्योगमा महिलाको स्वामित्व उल्लेख्य रुपमा बढेको जोशीले बताएका छन्। कैलालीमा हालसम्म १५ हजार चार सय ८६ उद्योग दर्ता छन् ।

उद्योग कार्यालयमा अहिलेसम्म उत्पादनमूलक तीन हजार दुई सय आठ, कृषिसम्बन्धी छ हजार पाँच सय १४, निर्माणसम्बन्धी दुई, पर्यटनमूलक ६५, सूचना प्रविधिमूलक १२, सेवामूलक पाँच हजार छ सय ८५ गरी १५ हजार चार सय ८३ उद्योग दर्ता भएका छन् ।

Inside Article Ads

अहिलेसम्म दर्ता भएका उद्योगमा रू २५ अर्ब ७० करोड ३७ लाख लगानी प्रस्ताव गरिएको छ । ती उद्योगमा नौ हजार दुई सय ११ महिला र ६९ हजार छ सय ५७ पुरुषलाई रोजगारी प्रस्ताव गरिएको जनाइएको छ ।

गत आर्थिक वर्ष २०८०(८१ मा उत्पादनमूलक एक सय ३५, कृषिमूलक तीन सय २३, सेवामूलक दुई सय ५६ गरी जम्मा सात सय १४ उद्योग दर्ता भएको लेखा अधिकृत जोशीले बताएका छन् । गत आर्थिक वर्षमा रु एक करोड ७७ लाख ४४ हजार सात सय ७७ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९(०८० मा एक हजार एक सय सय ९७ उद्योग दर्ता भएकामा कार्यालयले रु ५२ लाख १६ हजार राजस्व संकलन गरेको थियो ।

अघिल्ला आर्थिक वर्ष भन्दा गत आव २०८०(८१ मा उद्योग दर्तामा कमी आएको छ । लेखा अधिकृत जोशीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०(८१ मा करको दर बढेसँगै वाणिज्य कार्यालयले दर्ता गर्ने पसललगायतका काम गत आवदेखि घरेलु तथा साना उद्योग कार्यालयले गर्दा राजस्व संकलनमा वृद्धि भएको बताएका छन् ।

 

 

 

 

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.