Fast Nepal News

कस्तुरीको विनासहित एकजनालाई प्रहरीले पक्राउ

banner single news

कस्तुरीको विनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार नाम्खा गाउँपालिका २ का कन्जोक तामाङलाई कस्तुरीको विनासहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सिमकोट गाउँपालिका ६ स्थित तामाङको घरबाट ३४९ ग्राम कस्तुरीको विनासहित उनलाई पक्राउ गरिएको हो ।

Inside Article Ads

उनी दिल्ली हुँदै साउन १ गते बेलुकी सिमकोट पुगेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताएकाँ छन्। बरामद गरिएको कस्तुरीको विनाको मुल्य ११ लाख रुपैयाँ जति पर्न आउने प्रहरी नायब उपरीक्षक खनालले बताएका छन् ।

बरामद गरिएको कस्तुरीको विना र तामाङलाई डिभिजन वन कार्यालय हुम्लालाई बुझाइने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब प्रहरी उपरीक्षक खनालले बताएका छन् ।

 

 

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.