Fast Nepal News

रास्वपाका उपसभापतिडा. स्वर्णिम वाग्लेले राखे प्रस्ताव, नेपाललाई भारतको कुनै राज्य वा भुटानीकरण गर्न ।

banner single news

राष्टिय स्वतन्त्र पार्टीका पुर्व महामन्त्री मुकुल ढकाललाई रास्वपाले साधाराण सदस्यमात्र रहने गरी काराबाही गरेपछि ढकालले तिर्थराम यात्री प्रस्तोता रहेको अँध्यारोबाट उज्यालोतिरको एक कार्यक्रमको अन्तर्वाताकै क्रममा  ढकालले आँफू पार्टीमा रहँदा भारत मामिला हेर्ने
जिम्मेवारी पाएको र उनले उक्त जिम्मेवारी सम्हाली रहँदा पार्टी सभापति रवि लामिछानेले आँफू प्रधानमन्त्री बन्न भारतलाई जे पनि बुझाउन तयार रहँदै  ढकाललाई प्रधानमन्त्री बन्न भारतलाई मनाउन आदेश दिएको कुरा गरेका छन ।

फेरी यसालाई जोडदिंदै रवि लामिछाने गृह मन्त्रीनै हुँदा एकदिन कुनै एक स्थलमा स्वार्णिम
वाग्ले,रवि लामिछाने,शिशिर खनाल, र स्वयं उनी भारतीय राजदुतसँग भेट गरेको खुलाएका छन जहाँ भेटघाट गरिसकेर भारतीय राजदुत त्यहाँबाट गईसकेपछि । पछि उनीहरु पनि त्यहाँबाट तल झर्दै गर्दा लिफ्टमा स्वर्णिम वाग्लेले नेपाल देशलाईचैं भारतको राज्य बनाईदिनको लागि या भुटानजस्तै बनाइदिनको लागि एग्रिमेन्ट गरिदिने र त्यो गरिसकेपछि
यिनीहरुले मान्छन भनेर प्रस्ताव गर्दा ढकालले त्यतिखेर आफूलाई
झनक्क रिस उठेको कुरा गरेका छन । ढकालले गरेका यस्तो गम्भिर कुरा
उनलाई पार्टीको महामन्त्री पदबाट हटाईएपछि पोखिएको खाली आक्रोस  हो वा यो तथ्य नजिक छ भन्ने कुरा पछि पक्कै पनि खल्ला ।तर यो
अन्तर्वाता सार्वजनिक भएको केही घण्टामै स्वर्णिम वाग्लेको सचिवालयबाट
आफूलाई थ्रेट आएको र आफूले ईलाकाको डिएसपिलाई फोन
गरेर सुरक्षा मागेको कुरा मुकुल ढकालले फेसबुक मार्फत जानकारी दिएका छन ।

Inside Article Ads
Visited 48 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.