
काठमाडौं, १० पुस – धादिङ्ग ज्यामरुङ्ग (जुडी) खानेपानी तथा सरसफाइ आयोजनाको निमार्ण कार्य सम्पन्न भएको छ । साथै समितिमा नयाँ उपभोत्ता समिति पनि हस्तान्त्रण गरिएको छ । एपिएस नेपाल फल्ट बोर्ड र नीकण्ठनगरपालिका ११ को संयुक्त आयोजनामा निमार्ण कार्य सम्पन्न भएको हो । ७६ लाखको लागतमा आयोजना निमार्ण सम्पन्न भएको निलकण् ठनगरपालिकाले जनाएको छ ।
ज्यामरुङ्ग (जुडि) खानेपानी उपभोत्ता समितिका अध्यक्ष दिपक धमलाको नेतृत्व तथा पर्यावरण संरक्षण नेपालका अध्यक्ष राकेश धमला , नेपाली कांग्रेस धादिङ्गका सभापति रमेश धमला र निलकण्ठनगरपालिका ११ का स्थानीय उपभोत्ताको सहयोगमा निमार्ण कार्य सम्पन्न हुन सकेको हो । यो खानेपानी आयोजानाबाट १ सय ९८ घरधुरीका स्थानीयबासिन्दा लावान्वित हुने छन् ।
कार्यक्रममा विषेश अतिथिको बोल्दै पुर्वमन्त्री धमलाले खानेपानीलाई निरन्तरता दिन र यसको व्यवस्थापनका निमित्त उपभोत्ता समिति र स्थानीय जिम्मेवार हुनु पर्नेमा जोड दिईन ।
साथै उनले आफु जन्मेको ठाउँको विकासका निमित्त जस्तो सुकै अवस्थामा पनि सहयोग गर्ने प्रतिवद्धता जनाइन् । यहाँका जनतालाई सहुलीयतदरमा पानि खुवाउन र सरकारबाट गर्नुपर्ने पहलका निम्ती आफु सधै तयार रहने उनले बताईन । ज्यामरुङ्गलाई पर्यटकस्थल बनाउन तथा पर्यटन व्यवसायी सहित नमुना बस्ती बनाउनका लागि विशेस सहयोग गर्ने र यहाँको सडकको विकासलाई प्राथमीकता दिनुपर्नेमा उनले जोड दिइन ।
यस्तै कार्यक्रममा प्रमुख अतिथि रमेश धमलाले ज्यामरुङ्गमा खानेपानीको आवश्यकता महशुस गरेर आयोजना सम्पन्न गरेको बताए । आयोजनालाई सहि सदुपयोग गरेर कुनै राजनितिक विचारधारा नराखी बाँकी रहेको कामलाई अगाडि बढाउने उनले बताए । साथै उनले यसमा राजनिति नगर्न पनि सबै तह र तप्काका व्यत्तिहरुलाई आग्रह गरे । उनले स्थानीयहरुको सहयोगमा आयोजना सम्पन्न भएकोमा धन्यवाद समेत व्यक्त गरे ।
यसैबीच कार्यक्रममा निलकण्ठनगरपालिका ११का अध्यक्ष तिलक बहादुर थापामगरले यहाँको विकासका लागि वडाले सक्दो सहयोग गर्दै आएको र केहि बजेट समेत विनियोजन गरेको जनाकारि दिए । उनले यस खानेपानिका लागि २ लाख ५० हजार सहयोग गरेको बताए । साथै आगामी दिनमा पनि आवश्यकता परेको खण्डमा वडाले आर्थिक सहयोगका लागि बजेट विनियोजन गर्ने उल्लेख गरे ।
यसैगरि उनले वडाले तरम भज्याङ् स्याउलीको सडकको स्त्तोरउन्नती तथा विकासका लागि ३० लाख छुट्याएको जानकारी दिदै यहि आर्थिक वषर्मा यो कार्य छिट्टै अगाडि बढ्ने पनि कार्यक्रम मार्फत जानकारी दिए । साथै उनले सामाजिक सुरक्षा भत्तामा ढिलाई भएकोले यसका लागि आफुले पहल गरेको र अब छिट्टै वितरण गरिने पनि बताए ।
यसैबीच कार्यक्रम मार्फत नयाँ उपभोक्ता समिति पनि गठन गरिएको छ । जसको अध्यक्षमा इश्वरी बहादुर लम्साल, वरिष्ठ उपाध्यक्षमा ओम प्रसाद धमला, उपाध्यक्षमा गौरी शंकर धमला र सचिवमा भुमी नन्द धमला सहितको १३ सदस्यीय कार्य समिति गठन गरिएको छ ।
