Fast Nepal News

ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटायो

banner single news

काठमाडौं, पुष ९ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो समूहको बैठकले दिएको जिम्मेवारी पूरा नगेको भन्दै अध्यक्ष प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाएको हो ।पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी पाए पनि प्रचण्डले एकताको काममा कुनै ध्यान नदिएको भन्दै कारबाही गरिएको घोषणा गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

Inside Article Ads

यसअघि प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले संसद ‘कू’ गर्ने ओलीको कदम असंवैधानिक ठहर गर्दै उनलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको थियो। ओलीलाई अध्यक्षबाट हटाएर सो स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.