Fast Nepal News

गोली प्रहारबाट कलैया क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु

banner single news

अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको छ ।

अज्ञात समूहले गोली हानेर कुशवाहाको हत्या गरेको जिलला प्रहरी कार्यालयका बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

आदर्शकोतवाल गाउँपालिका–२ खजुरियास्थित पुख्र्यौली घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्शकोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि कुशवाहामाथि गोली प्रहार भएको थियो ।

Inside Article Ads

दुई वटा मोटरसाइकलमा आएका चार जना सवार अपराधीले कुशवाहाको बाटो छेकी पिँठ्यूमा एक राउण्ड गोली प्रहार गरी भागेका थिए । गोली लागि गम्भीर घाइते भएका कुशवाहाको उपचारका क्रममा वीरगञ्जस्थित ब्योधा अस्पताल शुक्रबार साँझ ७.१५ बजे आसपासमा मृत्यु भएको प्रहरी प्रवक्ता न्यौपानेले बताएका छन् ।

घटनामा संलग्न भएको आशङ्कामा दुई स्थानीयलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता न्यौपानेले बताएका छन्। अहिले सो क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरी अपराधीलाई खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

 

Visited 39 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.