
वेब सिरिज साहु बा को टिजर सार्वजनिक गरिएको छ।
वेब सिरिज एपी वान टेलिभिजन र म्यूजिक नेपालद्वारा सञ्चालित ओटीटी प्लेटफर्म मोःमो म्युजिक एन्ड मुभिज एपमा रिलिज हुनेछ।
सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायत कलाकारले अभिनय गरेका छन्। अभिनेत्री प्रियंका कार्कीले सिरिजका लागि आफूले तीन वर्षभन्दा बढी समय दिएको बताएकि छन्।
फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्मित सिरिज अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर खिचेका छन् भने सुजय योङले निर्देशन गरेका छन्। सिरिजमा कथा, पटकथा र संवाद पनि निर्देशक योङकै छ। २४ एपिसोड निर्माण गरिएको सिरिजमा तीन सय ५० बढी कलाकारले काम गरेको निर्माण टिमले जानकारी गराएको छ।
