Fast Nepal News

कांग्रेसका कार्यकर्तालाई घेराबन्दी गर्ने कोसिस भइरहेको महामन्त्री थापाको आरोप

banner single news

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अदाललाई घेराबन्दी गर्ने र कांग्रेसका कार्यकर्तालाई घेराबन्दी गर्ने कोसिस भइरहेको आरोप लगाएका छन्।

अदालत र संवैधानिक निकायलाई तर्साउने, फकाउने र लोभ्याउने परिपाटी देखिएको थापाको भनाइ छ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले भने, ‘अदालतलाई प्रभावित गर्ने, अड्डालाई प्रभावित गर्ने, संवैधानिक निकायलाई प्रभावित गर्ने, ती सबैलाई तर्साउने, फकाउने लोभ्याउने काम भइरहेको छ। कांग्रेसका कार्यकर्ताहरुलाई एकपछि अर्को, कुनै न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च समेत हामीले देखिरहेका छौँ।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफूमाथि लागेको आरोपमाथि संसद्‌मा जवाफ दिने क्रममा कांग्रेसका नेताहरु जोडिएका केही प्रकरणको नाम लिएर त्यसमा पनि छानबिन गर्नुपर्ने बताएका थिए। महामन्त्री थापाले ती सबै विषयको खाता पल्टाउन गृहमन्त्रीलाई आग्रह समेत गरेका छन्।

Inside Article Ads

‘सरकारमा बस्ने साथीहरुसँग सबै अनुसन्धान गर्ने निकाय छ। अख्तियारदेखि, प्रहरीदेखि प्रशासनदेखि सारा सबै कुरा सञ्चालन गरेर बस्नुभएको साथीहरुले, हामी सिंगो नेपाली कांग्रेसले निर्णय गरेर भनेका छौं, एउटा एउटा विषयको खाता पल्टाउनुस् एउटा एउटा विषयको अनुसन्धान गर्नुस्। हामीहरुमध्ये कोही एक जना व्यक्ति पनि कुनै पनि कुरामा संलग्न भएको कहीँ कतै पनि कसैको अवस्था रहन्छ भने त्यो अवस्थामा त्यो भारी पार्टीले बोक्दैन त्यो व्यक्तिले बोक्नुपर्छ’, उनले भने।

कोही व्यक्ति शक्तिशाली वा नयाँ भयो भन्दैमा कानुनको उल्लंघन गर्ने छुट पाउन नहुने भन्दै थापाले कांग्रेस, एमाले वा माओवादी भएका आधारमा पनि छुट पाउन नहुने धारणा राखेका छन्।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.