
चलचित्र निर्देशक तथा अभिनेता सुदर्शन थापा काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो पक्राउ परेका छन् ।
गत वर्ष रिलिज भएको चलचित्र ‘प्रसाद २’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ ।
गत असोजमा ‘प्रसाद २’का निर्माता मध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए । उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका छन् । अदालतबाट पक्राउ पूर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए । उनी ‘प्रसाद २’का निर्देशक छन् ।
निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ ।
