
भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं १ लोकन्थलीमा सञ्चालन रहेको समिट हस्पिटलमा प्रशासनले सिल गरेको छ ।
अवैध रूपमा सञ्चालित उक्त हस्पिटलले करिब एक करोड भाडा समेत नतिरेको, घर खाली गराउन स्थानीय पालिकामा र जिल्ला प्रशासन कार्यालयमा पटक पटक जानकारी गराउँदा पनि अटेर गरेको हुँदा सिल गर्नुपरेको मध्यपुर थिमी नगरपालिकाले जनाएको छ ।
हस्पिटलमा बिरामीसमेत रहेको हुँदा बिरामीलाई मध्यनजर गरी सात दिन भित्र अन्यत्र अस्पतालमा सार्न समयसीमा दिइएको जनप्रतिनिधि श्यामकृष्ण प्रजापतिले बताएका छन्।
१२७९ वर्गमिटरमा बनेको घरमा सञ्चालित हस्पिटल कतै दर्ता समेत नभएको पाइएको छ । मितेरी हस्पिटल एण्ड रिसर्च सेन्टरलाई घर भाडामा दिएको सम्झौतामा उल्लेख छ । तर सञ्चालनमा दर्ता नभएको अस्पताल सञ्चालन भएको पाइएपछि खाली गर्न लगाएको हो ।
