
नामिबियाले आईसीसी टी २० विश्वकप २०२४ मा ओमानलाई सुपर ओभरमा हराउँदै विजयी सुरुवात गरेको छ ।
समूह बी को पहिलो खेलमा नामिबियाले ओमानलाई हराउँदै अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको छ ।
सुपर ओभरमा खेल जित्न ओमानले २२ रन बनाउनु पर्नेमा ओमान १ विकेट गुमाउँदै १० रनमा समेटिएपछि खेल नामिवियाले जितेको छ । यस अघि ओमानले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएपछि खेल सुपर ओभरमा गएको छ ।
मेहरन खानको उत्कृष्ट बलिङपछि ओमानले टि २० विश्वकप क्रिकेटको पहिलो खेलमा नामिबियाविरुद्ध बराबरी गरेको थियो ।
