Fast Nepal News

नेपालका ओझा र एन पी खतिवडासहित अन्य २२ विश्व कवि काजी नजरुल इस्लाम साहित्यिक पुरस्कारबाट सम्मानित

banner single news

ओझालाई फरक विधामा दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं, जेठ १४ । नेपालका कवि, पत्रकार तथा शान्ति प्रबद्र्धक सरोज ओझाले एकै दिन दुईवटा प्रतिष्ठित सम्मान प्राप्त गरेका छन् । ओझालाई अन्तर्राष्ट्रिय साहित्यिक संस्था ग्लोबल राइटर्स एकेडेमी इण्डिया, द डेली ग्लोबल नेसन बंगलादेश र द पेनक्राफ्ट बंगलादेशले काजी नजरुल इस्लाम साहित्यिक पुरस्कार प्रदान गरेका छन् भने अन्तर्राष्ट्रिय शान्ति र मानवीय संस्था, युनाइटेड नेचर इन्टरनेशनल पीसले लाईफ टाईम एचिभमेण्ट अवार्डबाट विभुषित गरेको छ ।

बंगलादेशका राष्ट्र कवि नजरुल इस्लामको जन्म जयन्तीको अवसरमा नेपालका ओझा र एन पी खतिवडासहित अन्य २२ विश्व कविलाई पनि काजी नजरुल इस्लाम साहित्यिक पुरस्कारबाट सम्मानित गरिएको थियो। यो सम्मानित अवार्ड प्राप्त गर्नेहरुमा रतन भट्टाचार्य, सलोमे मुरो, गुरजीत कौर घुमान, एलिसिया एम गार्सिया, एसके आलमगीर हुसेन, मारिया भिटोरिया, मासिमो, बेनुप्रिया रोय, सईदा अख्तर, स्वप्नेन्दु भौमिक, जेजाबेक, मर्हमार्क कायस, साजिब, रीता बोउरा, लक्ष्मीकान्त दास, फली न्द्रेका, बिजुरी इस्लाम, बारबरा मर्केस, स्वाती दास, डायने ओवेर्ने र प्रसन्ना बृहत्मित्र सिंह रहेका छन्।

Inside Article Ads

साहित्यिक र शान्ति दुवै क्षेत्रमा प्राप्त यस दोहोरो सम्मानले साहित्य, पत्रकारिता र शान्ति निर्माणका क्षेत्रमा अझ सकृय हुन प्रेरित गरेको ओझाले बताए । हाल काठमाण्डौंमा बसोबास गर्दै आएका ओझा व्यास ५ का स्थायी बासिन्दा हुन् ।

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.