Fast Nepal News

गृहमन्त्री लामिछाने माथि संसदको अवहेलनामा कारवाहीको माग

banner single news

नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले गृहमन्त्री रवि लामिछाने माथि संसदको अवहेलनामा कारवाहीको माग गरेका छन् ।

गुरुङले सभामुख देवराज घिमिरेलाई निवेदन लेख्दै गृहमन्त्रीले सदनमा दिएको अभिव्यक्ति सत्य तथ्य नभएको भन्दै उहाँमाथि कारवाहीको माग गरेका छन् ।

गृहमन्त्री लामिछानेले संसदमा अर्थहीन र आधारहीन कुरा गरी कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको र उनको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवेहलनामा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

Inside Article Ads

”उहाँले बोलेका कुराहरुको अडियो तथा भिडियो प्रतिनिधि सभा सचिवालयमा सुरक्षित रहेको पनि होला । देशको गृहमन्त्रीले अनैतिकरुपमा तथ्यहिन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको छ । उहाँले बोलेको कुराहरु पुष्टि गर्न म उहाँलाई चुनौति दिन चाहन्छु । यदि पुष्टि नभएमा उहाँमाथी कारवाही गर्न माग गर्दछु” निवेदनमा गुरुङले लेखेका छन् ।

 

 

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.