Fast Nepal News

एकता जोगाउने सूत्रहरुले काम गर्न छाडे

banner single news

काठमाडौं, पुस ६ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले केही सिमित नेताको आकांक्षा नै अहिलेको समस्याको मुख्य जड भएको बताएका छन् । नागरिक दैनिकसँगको अन्तरवार्तामा उनले सिमित व्यक्तिको आकांक्षा पूरा गर्न पार्टीभित्र समस्या थपिदै गएको बताए ।

‘नेताहरु र केही पक्षलाई पनि व्यक्तिगत आकांक्षाले डोहोर्याएको छ । त्यो आकांक्षा, मुलुक र जनताको आवश्यकता हो कि होइन ?,’ उनले प्रश्न गरेका छन्, ‘स्वयम् पार्टीको आवश्यकता हो कि होइन त्यसतर्फ कसैको मतलब छैन । आकांक्षाले यसरी जबर्जस्ती डोहोर्याएको छ कि त्यही आकांक्षा पूरा गर्न पार्टीभित्र यसप्रकारका समस्या एकपछि अर्कोरुपमा थपिदै गएका छन् ।’

Inside Article Ads

उनले नेकपाको एकता जोगाउने सूत्रहरुले अहिले चाहिँ काम नगरिहेको बताउँदै एकता जोगाउने अनेकन सूत्र कामयाब नभएको बताए । ‘एकता जोखाउने अनेकन सूत्र छन् जुन कामयाबी भएनन् । आज पनि हामी एकता जोगाउन नयाँ सूत्रकै खोजीमा छौँ ।’

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.