
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ ।
बुधबारको तुलनामा सुनको मूल्य १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । बिहिबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार १ हजार ७४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
Visited 50 times, 1 visit(s) today
