Fast Nepal News

सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग

banner single news

जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ ।

उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको छ ।

जिल्लाबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य तिर्थ लामा, जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिम बहादुर तामाङ, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाइबा, विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतले बुधबार घटना स्थलमा पुगी निरीक्षण गरेका थिए।

विपद् व्यवस्थापन समितिले पीडितलाई प्रतिपरिवार रु पाँच हजारका दरले नगद पनि उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारबाट पाउने राहतमध्ये हाललाई रु पाँच हजार दिइएको र बाँकी रु दश हजार केही दिनमै उपलब्ध गराइने बताएका छन् ।

Inside Article Ads

आगोलागीमा पेरर १५ वटा घर जली नष्ट हुदाँ २ करोड २५ लाख ८० हजार भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार, आगोलागीमा कुनै पनि मानविय तथा पशुहरुको क्षति भएको छैन ।

जिल्लास्थित सुरक्षा निकाय, जनप्रतिनिधि, स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको उहाँले जानकारी दिएका छन् ।

Visited 48 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.