Fast Nepal News

युरिया मल अायात गर्न नेपाल र बंगलादेशबीच सम्झौता

नेपालले जी–टु–जी (सरकार–सरकारबीच सम्झौता)मार्फत मल आपूर्ति गर्न लागेको हो।

banner single news

नेपाल कृषि सामग्री लिमिटेड र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।नेपाल सरकारले तीन महिनाअघि नै बंगलादेशबाट युरिया मल ल्याउने निर्णय गरे पनि बिहीबार मात्र औपचारिक सम्झौता भएको हो। सम्झौता अनुरुप बंगलादेशले अब नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने छ। बंगलादेशबाट युरिया मल ल्याउन नेपाल सरकार र बंगलादेशबीच सम्झौता भएको छ।मल आयातसँगै नेपालमा रासायनिक मल अभाव समस्या तत्कालका लागि समाधान हुने कृषि मन्त्रालयको दाबी छ।

नेपालले जी–टु–जी (सरकार–सरकारबीच सम्झौता)मार्फत मल आपूर्ति गर्न लागेको हो।बंगलादेशबाट नेपालले चार लटमा युरिया मल आयात गर्ने छ। सम्झौता भएको ३ महिनाभित्र मल नेपाल निर्यात गरिने छ।

Inside Article Ads

मल अभाव हुन नदिन मन्त्रालयबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति समेत तयार भइरहेको जनाएको छ। यो सिजनमा पुग्ने आवश्यक पर्ने मल पर्याप्त रहेको मन्त्रालयले बताएको छ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.