Fast Nepal News

शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक

banner single news

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताएकि छन् ।

स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटाले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले उक्त धारणा व्यक्त गरेकि छन् ।

Inside Article Ads

दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिको कार्यक्रममा बोल्दै उनले ‘अझै पनि हाम्रो शिक्षा गुणस्तरीय छैन। हाम्रा पाठ्यक्रमहरू गुणस्तरीय छैनन्। तर पनि डम्बर चेम्जोङ जस्तो व्यक्तिहरू अमेरिकासम्म पुगेर पिएचडी गर्नु समाजका लागि निकै ठुलो कुरा हो’, मन्त्री चौधरीले भन्नुभयो । आधारभूत शिक्षा आधारभूत विद्यार्थीले सिक्ने ‘चाइल्ड सेन्ट्रिक मेथोलोजी हो कि, टिचर सेन्ट्रिक हो’ त्यसमा हामीले ध्यान दिन आवश्यक छ भन्दै मन्त्री चौधरीले ‘चाइल्ड सेन्ट्रिक मेथोलोजि’का सन्दर्भमा केही समय युनिसेफमार्फत काम गरेको स्मरण गर्दै भन्नुभयो । अहिले पनि हाम्रा आधारभूत विद्यालयहरूमा पढाई हुने ‘कन्टेन्ट’हरू कमजोर रहेको बताउँदै उहाँले विद्यालयहरूको अवस्था अहिले पनि खराब रहेको र त्यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएकि छन्।

Visited 51 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.