Fast Nepal News

प्रधानमन्त्री ओलीले मागे देव गुरुङको राजीनामा

banner single news

काठमाडौं, मंसिर ३० –प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन्। ओलीले आफूलाई असहयोग गरेको भन्दै गुरुङको राजीनामा मागेको नेकपा स्रोतले बताएको छ। गुरुङ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिन्छन्।

प्रतिनिधिसभामा प्रमुख सचेतक गुरुङले असहयोग गरेको भन्दै ओलीले केही दिनअघि बालुवाटारमा बोलाएर राजीनामा मागेका हुन्।

Inside Article Ads

‘उहाँको राजीनामा माग गरेको कुरा सुनिएको छ,’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। नेकपाका दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढ्दो छ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.