Fast Nepal News

अध्यादेश आपत्तिजनक, नेकपालाई स्वीकार्य छैन : पूर्वप्रधानमन्त्री झलनाथ खनाल

banner single news

काठमाडौं, मंसिर ३० – पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आपत्तिजनक भएको बताएका छन् ।

पार्टीको स्थायी कमिटी बैठक जारी रहेको वेलामा पार्टीलाई थाहै नदिई अध्यादेश जारी भएको भन्दै खनालले जारी अध्यादेश नेकपालाई स्वीकार्य नभएको बताए । खनालले अध्यादेश आवश्यक नरहेको भन्दै तत्काल फिर्ता लिन माग गरे । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको एकलौटी निर्णयले पार्टीलाई ठूलो क्षति गर्ने उनको भनाइ छ ।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.