Fast Nepal News

लामिछाने भन्छन् रोड टेष्ट नगरी लाइसेन्स दिने व्यवस्था बेठिक

banner single news

 

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने अहिलेको व्यवस्था  ठिक नभएको बताएका  छन् ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै उनले रोड टेष्ट सडकमा प्रयोगात्मक अभ्यास नगरी ड्राइभिङ लाइसेन्स सवारी चालक अनुमतिपत्र दिने परिपाटी नै गलत भएको दाबी गरेका छन्।

हाल नेपालमा लिखित परीक्षा र ट्रायल सेन्टरभित्र गरिने प्रयोगात्मक परीक्षणबाट उतीर्ण हुनेलाई ड्राइभिङ लाइसेन्स दिने गरिएको छ । उनले भने ‘म त भन्छु रोड टेष्ट नगरीकन ड्राइभिङ लाइसेन्स दिने परिपाटी छ । त्यो परिपाटी ठीक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ’, ।

Inside Article Ads

ड्राइभिङ सेन्टरभित्र गरिने सामान्य प्रयोगात्मक परीक्षणको भरमा लाइसेन्स दिँदा चालकहरु दक्ष नहुने उपप्रधानमन्त्री लामिछानेले बताएका छन् ।

‘रोड टेष्ट नगरी ड्राभिङ लाइसेन्स दिने परिपाटीले आज के भएको छ, स्किल नभएकाले सवारी साधन चलाउँदा धेरै सडक दुर्घटना बढेको छ । सुधारको लागि हामीले जरोमा जानुपर्छ । लाइसेन्स दिने प्रक्रियालाई सुधार गरेर जानुपर्छ । त्यसमा निर्मम भएर कडाइका साथ पालना गराउनुपर्ने हुन्छ । सडकमा स्पिड र इगो देखाउनु राम्रो होइन’, उनले भने ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.