Fast Nepal News

राजदूत डा.शाक्य “डिप्लोम्याट अफ द ईअर” २०२० अवार्डबाट सम्मानित

banner single news

तेल अभिभ -इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य “डिप्लोम्याट अफ द ईअर २०२० बाट सम्मानित भएकी छिन् । छ। द एम्बेसडर्स क्लब अफ इजरायलद्वारा आज आयोजित कार्यक्रम माझ राजदूत शाक्य उक्त अवार्डबाट सम्मानित भएकी हुन । अवार्ड केही महिना अघि नै घोषणा गरिएको भएपनि कोरोना महामारीका कारण वितरण भने गरिएको थिएन।

प्रतिष्ठित ईजरायली संस्था द एम्बेसडर्स क्लब अफ इजरायलका अध्यक्ष राजदुत यतजाक इलडान र ईजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुख राजदुत गिल हासकेलले संयुक्त रुपमा राजदूत डा. शाक्यलाई अवार्ड प्रदान गरेका छन् । आफ्नो जुझारुपनका कारण राजदूत डा. शाक्यले ईजरायल आएको छोटो समयमै नेपालको साँखलाई उचो पार्न सफल भएकोले वर्ष राजदूत अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ।

अवार्ड वितरण कार्यक्रममा ईजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुख राजदुत गिल हासकेल, मन्त्रालयकै एसिया प्यासिफिक विभागका उपप्रमुख राजदुत मिखाईल रोनेन, एसिया प्यासिफिकका राजदुतहरुको क्षेत्रिय समुहका डिन ईजरायलका लागि म्यानमारका राजदूत म्याउङ म्याउङ लिन, क्लबका उपाध्यक्ष, बोर्ड अफ डाईरेक्टर, सिईओ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Inside Article Ads

कार्यक्रममा परराष्ट्र मन्त्रालयको एसिया प्यासिफिक विभागका उपप्रमुख राजदुत मिखाईल रोनेनले ईजरायली परराष्ट्र मन्त्री गाबी आस्केनाजीकोको बधाई सन्देश बाचन गरेर सुनाएका थिए । साथै नेपाली राजदूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले नेपालको परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली को बधाई सन्देश बाचन गरेका थिए । यसका अतिरिक्त नेपालका लागि ईजरायली राजदूत हनान गोदरको लिखित बधाई सन्देश बाचन गरिनुका साथै ईजरायलका लागि थाई राजदूत पनाभा चन्द्ररम्या, ईजरायली चर्चित गायिका गली अतरी ईजरायली आर्किटेक्ट ईन्जिनियर डा. अडा गान्च र ईजरायलमा विद्यावारीधी अध्ययनरत नेपाली सबिता देशमरुको भिडियो सन्देश समेत प्रस्तुत गरिएको थियो।

सम्मानित भएलगत्तै आफ्नो मन्तव्यमा राजदूत डा. शाक्यले द एम्बेसडर्स क्लब अफ इजरायलका पदाधिकारी लगायत आफूलाई विभिन्न हिसावले सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै अवार्ड आफ्नो मात्रै नभएर सम्पूर्ण नेपालीहरुको गौरवको विषय भएको बताईन । साथै उनले अवार्डले आफूमा जिम्मेवारी बढाएको उल्लेख गर्दै आगामी दिनमा नेपाल-ईजरायल सम्बन्धलाई थप प्रगाढ तुल्याउन अझै मिहिनेतका साथ काम गर्ने विचार व्यक्त गरिन । कार्यक्रममा राजदुत डा. शाक्यले हिब्रु भाषाको नेपाल सम्बन्धी चर्चित गीत समेत प्रस्तुत गरेकी थिईन ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.