
चैत २९ देखि तीन दिनसम्म उन्नाइसौं संस्करणको फेवा नव वर्ष महोत्सव आयोजना हुने होटल संघ पोखराले जनाएको छ ।
यही आउँदो वैशाख १ सम्म चल्ने महोत्सवमा नेपाली रैथाने खाना समेत समावेश गरिने होटल संघ पोखराका अध्यक्ष तथा एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिएका छन् ।
सेफ एसोसियसन अफ नेपालको सहकार्यमा हुने यो महोत्सव पोखराको गौरीघाटस्थित होटल ग्लेसियर एण्ड स्पामा खाना महोत्सव आयोजना हुनेछ । यसमा रैथाने खानाहरुलाई समावेश गरिने यो महोत्सवले स्थानीय खानाको अन्तर्राष्ट्रिय बजारीकरणमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।
फेवा नव वर्ष महोत्सव ड्यामसाइड चोकदेखि खहरेचोकसम्म सञ्चालन हुनेछ ।
